अनेक रस र एक मूल रस सम्बन्धी मान्यताको अनुशीलन (Anek Ras ra Aek Mul Ras Sambandhi Manyatako Anushilan)

Authors

  • बिष्णु Bishnu प्रसाद Prasad पौडेल Poudel

DOI:

https://doi.org/10.3126/jjis.v2i1.18074

Keywords:

Acek ras, Mul ras

Abstract

संस्कृत काव्यशास्त्रमा रस सिद्धान्त प्राचीन, अपेक्षाकृत व्यापक वा संश्लेषणकारी
र बहुमान्य सिद्धान्त मानिन्छ । यसलाई सुरुमा नाटक केन्द्री बनाई भावमूलक कलात्मक स्थिति वा वस्तुपरक दृष्टिकोणका रूपमा र पछि समग्र साहित्य केन्द्री बनाई आत्मस्थ आस्वाद वा आत्मपरक दृष्टिकोणका रूपमा व्याख्या गर्ने काम भएको छ । वस्तुपरक व्याख्याले यसका भेद वा सङ्ख्यालाई पनि सङ्केत गर्ने भए पनि आत्मपरक व्याख्याले सामान्यतः त्यसको अखण्ड स्वरूपलाई सङ्केत गर्दछ । तर आत्मास्वाद बनेको रस पनि भावमा आधारित हुने र भावहरूको अनेकताका कारण बाह्य रूपमा त्यो अनेक पनि हुने ठानिन्छ । त्यसैले संस्कृत काव्यशास्त्रमा सुरुमा अनेक रसको चर्चा र केही समयपछि अनेक तथा एक मूल रसको कल्पना गरिएको छ । एउटै व्यक्ति (भोज) ले रसका अत्यधिक सङ्ख्या र एकै मूल रसको कल्पना पनि गरेको भेटिन्छ । यस्ता अनेक रसवादीमध्ये अधिकांशले मूलतः नवरसलाई नै महत्त्व दिएका छन् भने एक मूल रसवादीहरूले नवरसमध्येकै (कण, शान्त, शृङ्गार र अद्भुतमध्ये कुनै एउटालाई मूल र अरूलाई त्यर्सैबाट उत्पन्न रस मानेका छन् । यही सन्दर्भलाई यहा“ क्रमशः चर्चा गर्दै तिनको समकालीन साहित्यप्रतिको प्रासङ्गिकता पनि आकलन गर्न खोजिएको छ ।

 Janapriya Journal of Interdisciplinary Studies

 Vol. 2, No.1 (December 2013), page: 110-121

Downloads

Download data is not yet available.
Abstract
696
PDF
1516

Downloads

Published

2017-08-17

How to Cite

पौडेल Poudel ब. B. प. P. (2017). अनेक रस र एक मूल रस सम्बन्धी मान्यताको अनुशीलन (Anek Ras ra Aek Mul Ras Sambandhi Manyatako Anushilan). Janapriya Journal of Interdisciplinary Studies, 2(1), 110–121. https://doi.org/10.3126/jjis.v2i1.18074

Issue

Section

Research Articles