सङ्कथन विश्लेषणको सैद्धान्तिक आधार र यसका प्रकार

Authors

  • विश्वम्भर कुमार शर्मा ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/av.v9i1.74130

Keywords:

वास्तविकीकरण, अन्तर्वाक्कीय, अन्विति, सुसम्बद्धता, सम्प्रेषणात्मक

Abstract

सङ्कथन विश्लेषण प्रायोगिक भाषा विज्ञानको नविन शाखा हो । विचारका आधारमा जोडेर अर्थ लगाउन सकिने वाक्यहरुबाट बनेको भाषिक विधा नै सङ्कथन हो । कुनै पनि भाषिक उच्चारण सन्दर्भवद्ध भएर आउँने हुनाले सङ्कथन विश्लेषणमा सन्दर्भको खोजी गर्नुपर्ने हुन्छ । सङ्कथनमा कथ्य भेद, लेख्य भेद, सङ्कथनका युक्ति, सङ्कथनका तत्वहरु वाक्य विश्लेषणका लागि महत्व राख्दछन भने वाक्यभन्दा माथिल्लो तहमा अन्तर्वाक्कीय सम्बन्ध कायम गर्न आउँने भाषिक पक्षको रुपमा सम्बद्धकको भूमिका रहन्छ । सङ्कथनले भाषाको कथ्य र लेख्य दुबै अभिव्यक्तिलाई जनाउँ छ । सङ्कथन शब्दले अभिव्यक्तिको समग्र कथन वा सिङ्गो भनाइलाई बुझाउँने हुँदा खास परिवेश सम्बद्ध, शीर्षक केन्द्रित, न टुक्रिएको भाषिक कथन नै सङ्कथन हो भन्ने कुरा पुस्टि हुन आउँछ । सङ्कथन विश्लेषणको अभ्युदय १९५० को दशकदेखि भएको पाइन्छ र यसको विकास विस्तार भने सन् १९६० पछि भएको देखिन्छ । यसको सैद्धान्तिक प्रारुपको निर्माणमा भनि मनोभाषा विज्ञान र सामाजिक भाषा विज्ञानको उल्लेखनीय योगदान रहेको छ । वास्तविक पाठलाई वास्तविकीकरण गर्ने प्रक्रिया सङ्कथन हो ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
30

Author Biography

विश्वम्भर कुमार शर्मा, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

नेपाली विभाग

Downloads

Published

2019-12-31

How to Cite

शर्मा व. क. (2019). सङ्कथन विश्लेषणको सैद्धान्तिक आधार र यसका प्रकार. Academic Voices: A Multidisciplinary Journal, 9(1), 125–128. https://doi.org/10.3126/av.v9i1.74130

Issue

Section

Articles